बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना त्रासले उपराष्ट्रपति सार्वजनिक कार्यक्रममा नजाने

कोरोना त्रासले उपराष्ट्रपति सार्वजनिक कार्यक्रममा नजाने

कोरोना भाइरसको सम्भावित खतरा बढेपछि उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन्।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं– कोरोना भाइरसको सम्भावित खतरा बढेपछि उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन्।

उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार निजी सचिवालयलाई निर्देशन दिएका छन्।

कोरोनाको सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार सरकारले कोरोना भाइरसको सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सिर्जनाबारे सार्वजनिक जानकारी नगराएसम्म उपराष्ट्रपति पुन अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी हुने छैनन्।

प्रकाशित: Mar 03, 2020| 03:48 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।