बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाका कारण आजदेखि श्रम स्वीकृति बन्द, बहराइन हिँडेका ३० नेपालीलाई दुबईबाट फर्काइयो

कोरोनाका कारण आजदेखि श्रम स्वीकृति बन्द, बहराइन हिँडेका ३० नेपालीलाई दुबईबाट फर्काइयो

नेपाल कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले आजबाट श्रम स्वीकृति दिन बन्द गरेको छ । सर्वोच्च अदालतको आदेशअनुसार
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले आजबाट श्रम स्वीकृति दिन बन्द गरेको छ । सर्वोच्च अदालतको आदेशअनुसार कोरोना भाइरस प्रभावित देशमा जाने नेपालीलाई श्रम स्वीकृति दिन पनि बन्द गरिएको हो ।

सर्वोच्चले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) कुवेत, जापान, दक्षिण कोरिया, इटली र चीन जान रोक लगाउन आदेश दिएको थियो ।

वैदेशिक राेजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सर्वोच्चले नेपाली पठाउन रोक लगाएका ती देशमा श्रम स्वीकृतिको काम आजबाटै रोकिएको जानकारी दिए ।

यसैबीच सरकारले अत्यावश्यक काम बाहेक विदेश नजान नेपालीलाई आग्रह गरेको छ। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान सरकारले आग्रह गरेको हो।

सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ।

बहराइन हिँडेका ३० नेपालीलाई दुबईबाट फर्काइयो

वैदेशिक रोजगारीका लागि यूएई हुँदै बहराइन जान लागेका ३० जना नेपालीलाई दुबईबाट फर्काइएको छ ।

कोरोना भाइरसको जोखिम उच्च भएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले दुबई पुगेका ३० जना नेपालीलाई फिर्ता पठाएको हो।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक कामबाहेक नेपालीलाई विदेश नजान सरकारले आग्रह गरेको छ। विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ।

 

प्रकाशित: Mar 03, 2020| 03:25 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।