बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना राेक्न उडान नै ठप्प पार्ने गरी निर्णय धेरै, गृहकार्य थोरै

कोरोना राेक्न उडान नै ठप्प पार्ने गरी निर्णय धेरै, गृहकार्य थोरै

सर्वोच्च अदालतले चीन, जापान, दक्षिण कोरिया, इरान र बहराइनमा हुने उडान रोक्न आदेश दिएको छ ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- दोस्रोपटक मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएको र कारोनाबाट सजग हुन सरकारले अनेकन निर्णय गरेको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

आजको कान्तिपुर दैनिकले कोरोना प्रभाव, अन्तर्राष्ट्रिय आवागमनमा कडाइ शीर्षकमा मुख्य समाचार छापेको छ ।

परराष्ट्र मन्त्रालयले जरुरी कामबाहेक विदेश नजान आग्रह गरेको र अतिप्रभावित पाँच देशका नागरिकलाई अनअराइभल भिसामा प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ ।

यस्तै कान्तिपुरले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।

उनले अस्पताल भर्ना हुनुअघि एउटा भिडियो सन्देश जारी गर्दै आफू सबै सपना अलपत्र पारेर अलप नहुने बताएका छन् ।

आजको नयाँ पत्रिकाले भने कोरोनाबारे निर्णय धेरै, गृहकार्य थोरै शीर्षकमा मुख्य समाचार छापेको छ । उसले सरकारी निर्णय र गृहकार्यको अवस्थालाई बुँदागत रुपमा उल्लेख गरेको छ ।

यस्ता छन् कोरोनाप्रति सजग हुन गरिएका निर्णय:

आवश्यकताअनुसार केही दिन अथवा महिना अन्तर्राष्ट्रिय उडान रोक्न सर्वोच्चको आदेश

प्रभावित देशबाट आउने अन्तर्राष्ट्रिय उडानलाई निरुत्साहित गर्ने पर्यटन मन्त्रालयको निर्णय

कोरोना प्रभावित देशका लागि विद्यार्थीलाई मंगलबारबाट एनओसी दिन बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

परराष्ट्र मन्त्रालयद्वारा सकेसम्म विदेश भ्रमण नगर्न नागरिकलाई ट्राभल एड्भाइजरी जारी

अर्थ मन्त्रालयद्वारा संक्रमणको सम्भावित जोखिम र अर्थतन्त्रमा असरबारे अध्ययन सुरु

निर्णय यस्ता भएपनि गृहकार्यको अवस्था भने

संक्रमण रोक्ने होइन, धुलो छेक्ने मास्कको पनि नेपाली बजारमा अभाव

आइसोलेसन वार्ड छैन, आवश्यक परे क्याबिनलाई नै वार्ड बनाउने तयारी

उपचार गर्दा स्वास्थ्यकर्मीले लगाउने कवज पनि पाँच सय मात्र

विमानस्थलमा जोखिममा सेवा गर्ने स्वास्थ्यकर्मीलाई जम्मा तीन सय भत्ता

यो बाहेक आजको नयाँ पत्रिकाले मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्री त्रिवि शिक्षण अस्पताल भर्ना भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार पनि काठमाडौं आएको समाचारमा उल्लेख छ ।

आजको अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्री मुस्कुराउँदै अस्पतालमा शीर्षकमा मुख्य समाचार छापेको छ भने सर्वोच्च अदालतले चीन, जापान, दक्षिण कोरिया, इरान र बहराइनमा हुने उडान रोक्न आदेश दिएको विषयललाई पनि प्राथमिकताका साथ छापेको छ ।

आजको नागरिक दैनिकले कोरोना त्रासः सरकार सजग शीर्षकमा मुख्य समाचार छापेको छ । बुधबार मृगौला प्रत्यारोपण गर्ने गरि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित: Mar 03, 2020| 01:29 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।