बिहीबार, भदौ ४, २०८३

कांग्रेसले तोक्यो थप सात केन्द्रीय विभाग प्रमुख

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार थप सात केन्द्रीय विभागका प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन्। यसअघि उनले शनिबार पार्टीका १३ केन्द्रीय विभागमा प्रमुख तोकेका थिए।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार थप सात केन्द्रीय विभागका प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन्। यसअघि उनले शनिबार पार्टीका १३ केन्द्रीय विभागमा प्रमुख तोकेका थिए।

सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत् व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन, मोहनबहादुर बस्नेतलाई खेलकुद्, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभागका प्रमुखमा मनोनयन गरेका हुन्।

कांग्रेसको विधानमा २८ केन्द्रीय विभाग गठनको व्यवस्था भए पनि गत पुस ११ गतेको केन्द्रीय समिति बैठकले विभाग बढाउन सक्ने विधानको अधिकार प्रयोग गरी विभागको सङ्ख्या बढाएर ४७ पुर्‍याएको थियो। कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको नियमित अवधि समाप्त हुन लागेपछि नेतृत्वले केन्द्रीय विभाग गठन गर्न थालेको छ।

कांग्रेसको १३औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। कांग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने उल्लेख छ। साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ।

विधानको उक्त प्रावधानमा टेकेर कांग्रेसले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि यही फागुन २० गतेदेखि लागू हुने गरी २०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरिसकेको छ। कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

Image may contain: text

प्रकाशित: Mar 02, 2020| 14:48 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।