बिहीबार, भदौ ४, २०८३

सबै सपना अलपत्र पारेर म अलप हुन्नः प्रम ओली (भिडियो)

‘जसरी खेलको बीचमा कुनै राम्रो खेलाडीले मैदान छाड्दैन, त्यसैगरी हाम्रा भर्खरै जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न। ....मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुस्।’
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुअघि भिडियो सन्देश जारी गरेका छन्।

सन्देशमा उनले सबै सपनालाई अलपत्र छाडेर अलप नहुने बताएका छन्।

प्रधानमन्त्रीले भनेका छन्, ‘जसरी खेलको बीचमा कुनै राम्रो खेलाडीले मैदान छाड्दैन, त्यसैगरी हाम्रा भर्खरै जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न। ....मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुस्।’

उनले आफूले पहिलोपटक मृगौला प्रत्यारोपण गर्दाको अवस्था र हालको अवस्थामा स्वास्थ्य विज्ञान र प्रविधिका क्षेत्रमा धेरै प्रगति भइसकेको बताउँदै यसपटक आफ्नै मुलुकमा आफ्नै देशका चिकित्सकसँग प्रत्यारोपण गराउन पाउँदा खुशी लागेको बताएका छन्।

उनले भनेका छन्, ‘प्रत्यारोपण पहिलेजस्तो जटिल छैन, सजिलो हुने विश्वास लिएको छु। आफ्नै मुलुकमा आफ्नै देशका चिकित्सकसँग प्रत्यारोपणको सुविधा प्राप्त हुँदा म गर्व र गर्छु र अत्यन्तै खुशी छु।’

उनले केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्कने  बताएका छन् । त्यस्तै आफू अस्पतालमा रहँदा सरकारबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढाउन आवश्यक निर्णय लिनसक्ने संयन्त्रको व्यवस्था मिलाएको पनि जानकारी दिएका छन्।

 

प्रकाशित: Mar 02, 2020| 12:29 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।