बिहीबार, भदौ ४, २०८३

पाँच देशका नागरिकलाई 'अनअराइभल' भिसामा रोक

अध्यागमन विभागले पाँचवटा देशबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ। कोरोना संक्रमण बढी देखिएका चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिइने निर्णय विभागले गरेको हो।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं - अध्यागमन विभागले पाँचवटा देशबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ। कोरोना संक्रमण बढी देखिएका चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा नदिइने निर्णय विभागले गरेको हो।

विभागले मार्च ७ अर्थात फागुन २४ गतेदेखि मार्च ३१ सम्म अनअराइभल भिसा नदिने भएको हो। नेपाल आउनु परे सम्बन्धित देशमै रहेका नेपाली दूतावास र कूटनीतिक नियोगमार्फत कोरोनासम्बन्धी स्वास्थ्य परीक्षणसमेतको रिपोर्टका आधारमा आवश्यकता र औचित्य हेरेर भिसा लिन सकिने विभागले जनाएको छ।

कोरोना फैलन नदिन सतर्कता अपनाउने निर्णय मन्त्रिपरिषद्ले गरेपछि विभागले केही समयका लागि संक्रमण बढी देखिएका मुलुकबाट आउने पर्यटकलाई अनअराइभल भिसा जारी नगर्ने निर्णय गरेको हो।

प्रकाशित: Mar 02, 2020| 10:31 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।