काठमाडौं– सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तत्काल अत्यावश्यक कदम चाल्न अन्तरिम आदेश दिएको छ।
अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमा सोमबार सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
राजवंशीले कोरोनाको संक्रमण फैलन नदिनका लागि अत्यावश्यक उपायहरु तत्काल अपनाउनुपर्ने मागसहित आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले कोरोनाको संक्रमण फैलिन नदिन तत्काल अत्यावश्यक कदम चाल्न सरकारका नाममा अन्तरिम आदेश भएको जानकारी दिए।
राजवंशीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालयसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।