बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्याक्सीमा छुटेको सामान यात्रुलाई फिर्ता गर्ने २१ जना चालकलाई प्रहरीको सम्मान

ट्याक्सीमा छुटेको सामान यात्रुलाई फिर्ता गर्ने २१ जना चालकलाई प्रहरीको सम्मान

चालकलाई सम्मान गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको यो ईमान्दारिताले समाजमा अरू मान्छेहरूलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताए ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न मितिमा आफ्नो सवारीसाधनमा छुटेको यात्रुको सामान फिर्ता गर्ने चालकलाई सम्मान गरेको छ। सवारीमा छुटेको नगद, गरगहना तथा महत्वपूर्ण सामानहरु महाशाखामा आफैं बुझाउन ल्याउने २१ जना चालकलाई महाशाखाले सम्मान गरेको हो ।

सम्मानित हुनेमा युवराज राना मगर, यज्ञप्रसाद बराल, कुलबहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापा मगर, अबदेश कुमार झा, प्रविन तामाङ, सूर्यबहादुर तामाङ, कृष्णबहादुर खत्री, कृष्ण घिसिङ, नेत्रप्रसाद तामाङ, रामचन्द्र मोत्तान, रोएत बहादुर रोक्का, जम्क श्रेष्ठ, रिध बहादुर क्षेत्री, नविन सिग्देल, तुलसी राम खनाल, विष्णु आले, नेत्र बहादुर मगर, मनि श्रेष्ठ र निलहरि ढुगेंल रहेका छन् ।

चालकलाई सम्मान गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको यो ईमान्दारिताले समाजमा अरू मान्छेहरूलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताए ।

आज सम्मानित हुने चालकमध्ये चालक नविन सिग्देलले करिब १० लाख ६६ हजार मूल्य पर्ने सुनको १३ तोला बराबरको गरगहना, ल्यापटप एउटा, महत्वपूर्ण कागजपत्र भएको लगेज ब्याग आफैं बुझाउन ल्याएका थिए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार चालू आवको अहिलेसम्म ट्याक्सीमा मात्रै ३९५ वटा सामान छुटेको निवेदन परेको थियो र ट्राफिक प्रहरीको सक्रियतामा करिब १ करोड ४८ लाख ६० हजार ३६५ मूल्य बराबरको सामान २८० जना सम्बन्धित सामान बुझाइएको छ।

५२ वटा सवारीको नम्बर खुल्न नआएकोले अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित: Mar 02, 2020| 07:34 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।