काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण एकदिसीय क्रिकेट अन्तर्गत आज ओमनमा जारी खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १३४ रनमा अलआउट गराएको छ।
टस जितेर ब्याटिङ राजेको पीएनजीले ३३ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १३४ रन बनाएको हो। यससँगै नेपालले १३५ रनको लक्ष्य पाएको छ।
ओमनको अल अमरेत मैदानमा जारी नेपाल र पपुवा न्युगिनीको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरे। त्यसमध्येका एक विक्रम शोबले पनि पहिलो पटक एकदिवसीय खेल्दै राष्ट्रिय टिमको यात्रामा यादगार सुरुआत गरे। दोस्रो ओभरमा बलिङको अवसर पाएका विक्रमले पहिलो बलमै पीएनजीका टोनी उरालाई पेवेलियन फर्काएर राष्ट्रिय टिमबाट पहिलो विकेट लिए। उराले तीन बलमा एक रन मात्र जोड्दै मैदानबाट बाहिरिए। विक्रमले पहिलो ओभरमै मेडन राखे। उनले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा पनि अर्को विकेट लिए।
पपुवा न्युगिनीका कप्तान अस्सद वालाको प्रहार रारिफ शेखले क्याच गरेपछि विक्रमको खातामा अर्को विकेट जम्मा भयो। सिनियर टिमबाट गएको वैशाखमा टी–२० डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेख आजको खेलमा पनि मैदान उत्रिए। उनीहरुले दोस्रो पारीमा सम्भवतः नेपालको ओपनिङ सम्हाल्नेछन्। यता टस हारेर फिल्डिङको अवसर पाएको नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ब्याट्स्मेन कुशल मल्ले पनि पनि पहिलो ओभरमै विकेट लिए। सन्दिपले चाल्र्स अमिनीलाई र कुशलले लेगा साकालाई पेवेलियन पठाए।
१२ औं ओभर सम्हालेका युवा ब्याट्स्मेन कुशल मल्लेले आफव्नो पहिलो ओभरमा मेडन राखे। एक छक्का र एक चौका प्रहार गरेका साकाले ३८ बलमा ३० रन जोडेपछि कुशलको बलबाट बाहिरिए। कुशलले खेलको २२ ओभर पाँच बलमा अर्को विकेट लिए। उनले प्रहार गरेको बल किप्लिन डोगिाको ब्याटमा लागेर मैदानबाहिर जाने क्रममा कुशल भुर्तेलले क्याच गरेपछि किप्लिन आउट भए। किप्लिनले २४ बलमा १५ रन बनाउन सके। नेपाली खेलाडीले बलिङ निकै तेजिलो रह्यो। सन्दिपले १९ औं ओभरको पहिलो बलमा पुन अर्को विकेट लिए। त्यो क्रममा उनले १४ रन बनाएका सिसिबाउलाई पेवेलियन पठाए। लामिछानेले २४ औं ओभरमा अर्को पनि विकेट गिराए।
उनले जासोन किलालाई एलबीडब्लू धरापमा पार्दै मैदानबाहिर पाठाए। नेपाली कसिला बलरसामू किला शून्य रनमै आउट भए। पहिलो ओभरमै नेपालको बलिङ सम्हालेका सोमपाल कामीले ३० औ ओभरमा आएर नेपालका लागि एक विकेट लिए। उनले ३० औं ओभरमा गार तेस्रो बलमा विकेट गिराए। उनले ब्याटिङको लयमा छिरिसकेका गाउडी टोकालाई पेवेलियन फर्काए।
गउडीले २२ रन बनाए भने रावु शून्य रनमै आउट भए। त्यस्तै, सोही ओभरमा डमैन रावू पनि रनआउट भए। नेपालका लागि सन्दिपले चार, विक्रम र शुकलले समान २–२ र सोमपाल कामीले एक विकेट लिए। पीएनजीका साकाले सर्वाधिक ३० रन जोडे।