सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याललाई नियुक्त गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन्। यसअघि समितिको अध्यक्ष गंगाधर पराजुली थिए। उनको २ वर्षे कार्यकाल सकिएपछि अर्याललाई नियुक्त गर्न लागिएको हो।
श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो पारिश्रमिक रकम आवश्यकता अनुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्न सिमिति गठन गरिएको हो। सञ्चारको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई सरकारले अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ।