बिहीबार, भदौ ४, २०८३

कोरोनाको जोखिम बढेपछि नेपाल भ्रमण वर्ष स्थगित

कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगित गरेको छ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं– कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगित गरेको छ। मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो।

चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै नेपाल भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनाएकाे छ। 

स्रोतका अनुसार कोरोना भाइरसको जोखिम बढ्दै गएपछि अहिलेलाई भ्रमण वर्ष स्थगन गर्ने र सन् २०२२ मा आयोजना गर्ने विषयमा छलफल भइरहेकाे छ।

यसअघि शनिबार पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गरेको थियो।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरिसकेको छ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेको भन्दै ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ठूला सभा, सम्मेलन नगर्न आग्रह गरेका हुन्।

उनले कोरोना भाइरस भित्रिन नदिन अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने विषयमा छलफल भइरहेको बताए। यस्तै, त्रिभुवन विमानस्थलको स्वास्थ्य सहायता कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेसिन राख्ने तयारी गरेको उनले जानकारी दिए।

केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना भाइरसको अति उच्च जोखिममा रहेको जनाएको थियो।

अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार आइतबार साँझसम्म विश्वका ६४ देशमा देखिएको कोरोना संक्रमणबाट अहिलेसम्म करिब तीन हजारको ज्यान गइसकेको छ।

प्रकाशित: Mar 02, 2020| 02:01 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।