बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजदूतमा लीलामणि पौड्याल अयोग्य, नेताका सासू–साली र व्यापारीका छोरा योग्य

राजदूतमा लीलामणि पौड्याल अयोग्य, नेताका सासू–साली र व्यापारीका छोरा योग्य

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ। पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पान्डेलाई राजदूतका रूपमा चीन पठाउने निर्णय गरेको छ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं– राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।

नयाँ पत्रिका दैनिकले ‘राजदूतमा सरकारको अनौठो मापदण्ड : लीलामणि पौड्याल अयोग्य, नेताका सासू र सालीदेखि व्यापारीका छोरीसम्म योग्य’ शीर्षकको समाचार पहिलो पेजमा प्रकाशित गरेको छ।

“सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ। पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पान्डेलाई राजदूतका रूपमा चीन पठाउने निर्णय गरेको छ। पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर तुरुन्त फर्काउने निर्णय गरेको सरकारले नेताका सासू, साली र व्यापारीका छोरीको काममा भने प्रश्न उठाएको छैन,” नयाँ पत्रिकाले लेखेको छ।

सोही दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार हुन लागेको मिर्गौला प्रत्यारोपणसम्बन्धी समाचार पनि पहिलो पेजमै प्रकाशित गरेको छ। यो विषयलाई कान्तिपुर, नागरिक र अन्नपूर्ण दैनिकले पनि पहिलो पेजमै प्रकाशित गरेका छन्।

कान्तिपुरले यो विषयलाई ‘जसले दिँदैछिन् प्रधानमन्त्रीलाई मृगौला’ शीर्षक दिएको छ। अन्नपूर्णले ‘प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण पर्सि’ शीर्षक दिएको छ।

यस्तै, नागरिक दैनिकले ‘दशकौंमा पनि नसकिने गौरवका आयोजना’ शीर्षकको मुख्य समाचार बनाएको छ।

कारोबार दैनिकले ‘फेब्रुअरीमा ७७ हजार पर्यटक’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ। यस्तै, ‘उपत्यकासँग जोडिएको १० जिल्लामा नयाँ सहर’ शीर्षकको समाचार पनि पहिलो पेजमै प्रकाशित गरेको छ।

प्रकाशित: Mar 02, 2020| 01:08 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।