बिहीबार, भदौ ४, २०८३

यात्रुको स्वास्थ्य जाँच प्रबन्धका लागि कार्यदल गठन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको आवश्यक स्वास्थ्य जाँचको प्रबन्ध तत्काल मिलाउने व्यवस्था गर्नका लागि कार्यदल गठन गरेको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको आवश्यक स्वास्थ्य जाँचको प्रबन्ध तत्काल मिलाउने व्यवस्था गर्नका लागि कार्यदल गठन गरेको छ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा आइतबार मन्त्रालयमा कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एंव पूर्वतयारीका कार्य सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का निर्देशक देवचन्द्रलाल कर्णको संयोजकत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका डा. हेमन्त चन्द्र ओझा, विमानस्थल अध्यागमन कार्यालयका निर्देशक राजेश पन्थी, एयरलाइन्स अपरेटर कमिटीबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहने गरी कार्यदल गठन गरिएको छ।

मन्त्रालयले उक्त कार्यदललाई स्वास्थ्य परीक्षणका लागि थप स्थान र उपकरणसमेतको आवश्यकता पहिचान गरी आजैदेखि तयारी गर्न निर्देशन दिएको छ। त्यस्तै उक्त बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरुलाई स्वास्थ्य जाँचको डेस्क पार गरी जानुपर्ने प्रावधानसम्बन्धी सूचनामूलक जानकारी अनिवार्यरूपमा जहाज अवतरणको क्रममा र आगमन तथा प्रस्थान कक्षबाट निरन्तररूपमा प्रवाह गर्ने व्यवस्थाका लागि प्राधिकरणलाई निर्देशन दिइएको छ।

प्रकाशित: Mar 01, 2020| 14:35 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।