काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भारत भ्रमण पछि आइतबार स्वदेश फर्केका छन्। उनीसँगै पूर्वरानी कोमल शाह पनि स्वदेश फर्किएकी छिन्।
शाह दम्पत्तिसँगै उनका केही नातेदार पनि भारत भ्रमणमा गएका थिए। पूर्वराजा शाह भारतमा हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण भएको थियो। भ्रमणका क्रममा शाहले अमृतशरमा पुजापाठ गरेका थिए।