बिहीबार, भदौ ४, २०८३

बिजुलीको पोलमा च्यापिएर बालकको मृत्यु

बिजुलीको पोलमा च्यापिएर धनुषामा एक स्कुले बालकको ज्यान गएको छ। धनुषाको धनुषाधाम नगरपालिकामा स्थानीय विनोद राउतका ९ वर्षीय छोरा आशिक राउतको बिजुलीको पोलमा च्यापिएर मृत्यु भएको हो।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

जनकपुरधाम - बिजुलीको पोलमा च्यापिएर धनुषामा एक स्कुले बालकको ज्यान गएको छ। धनुषाको धनुषाधाम नगरपालिकामा स्थानीय विनोद राउतका ९ वर्षीय छोरा आशिक राउतको बिजुलीको पोलमा च्यापिएर मृत्यु भएको हो।

धनुषाधाम नगरपालिका-३ स्थित धनुषा आवासीय विद्यालयमा अध्ययनरत आशिक विद्यालयबाट फर्कने क्रममा नगरपालिका कार्यालयभन्दा केही परबाटो छेउमा बिजुलीको पोलमाथि बसेका थिए। अचानक पोल ढल्दा उनी त्यसमा च्यापिएका इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Mar 01, 2020| 13:09 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।