बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवक तत्कालीन माओवादी कार्यकर्ताका छोरा

प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवक तत्कालीन माओवादी कार्यकर्ताका छोरा

राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरी जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका युवक रतन तरुवाल रहेको पुष्टि भएको छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं- राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरी जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका युवक रतन तरुवाल रहेको पुष्टि भएको छ।

२२ वर्षीय रतनका बुवा मोहन तरुरवाल तत्कालीन माओवादीका कार्यकर्ता थिए, माओवादी कार्यकर्ता भएकै कारण 'जनयुद्ध' ताका राज्यपक्षबाट मोहनको ज्यान गएको थियो।

काठमाडौमा बसेर लोकसेवा आयोगको परीक्षा दिने तयारी गरिरहेका रतनले प्रचण्डको भाषण सुन्नकै लागि राष्ट्रिय सभा गृह पुगेको बताएका छन्।

प्रचण्डले पहिले कार्यकर्तालाई भन्ने कुरा र अहिलेको उनको व्यवहारमा व्यापक परिवर्तन भइसकेको र उनैले आज भाषणमा ‘वर्ग संघर्ष’ को कुरा गर्न थालेपछि आफूलाई असह्य भएर जुत्ता हानेको रतनले बयान दिएका छन्।

आज भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गरेर मञ्चतर्फ लाग्दै गर्दा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भए पनि उनी छेलिएका थिए।

त्यसलगत्तै पक्राउ परेका रतनलाई प्रहरीले महानगरी प्रहरी वृत्त सिंहदरबारमा राखेको छ।

यसअघि २०६९ मंसिर १ गते तत्कालीन एमाओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चिपापान कार्यक्रममा प्रचण्डलाई बाग्लुङका पदम कुँवरले झापड हानेका थिए ।

प्रकाशित: Mar 01, 2020| 11:21 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।