बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वुहानबाट आएको विमान चालक दल आजै क्वारेन्टाइनमुक्त हुने

वुहानबाट आएको विमान चालक दल आजै क्वारेन्टाइनमुक्त हुने

कोरोना प्रभावित चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याएको विमानको चालक दलका १८ सदस्यहरु आजै क्वारेन्टाइनमुक्त हुने भएका छन्।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं- कोरोना प्रभावित चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याएको विमानको चालक दलका १८ सदस्यहरु आजै क्वारेन्टाइनमुक्त हुने भएका छन्।

४ फागुनदेखि दुई साता नगरकोटमा क्वारेन्टाइनमा रहेका उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नरहेको पाइएपछि उनीहरु क्वारेन्टाइनमुक्त हुने भएका हुन्।

भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका १७५ जना विद्यार्थीहरुको पनि स्वास्थ्य परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

उनीहरुको रिपोर्ट प्राप्त भएपछि र संक्रमणको कुनै लक्षण नपाइएपछि विद्यार्थीहरुलाई पनि क्वारेन्टाइन मुक्त गरिने मन्त्रालयले जनाएको छ।
संभवतः भोलि सोमबारसम्म विद्यार्थीहरु पनि आ–आफ्नो घर फर्किन सक्नेछन्।

प्रकाशित: Mar 01, 2020| 09:40 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।