बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम खाना महोत्सवः केरादेखि कुखुराका परिकार एकै ठाउँमा

सुदूरपश्चिम खाना महोत्सवः केरादेखि कुखुराका परिकार एकै ठाउँमा

साकाहारीलाई केराका परिकार र मांसाहारीलाई लोकल कुखुराका परिकार एकै थलोमा खान पाइन्छ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

धनगढी। साकाहारीलाई केराका परिकार र मांसाहारीलाई लोकल कुखुराका परिकार एकै थलोमा खान पाइन्छ। यस्तो सुविधा छ, धनगढीमा जारी प्रथम सुदूरपश्चिम खाना महोत्सवमा । खानाका पारखीहरुले एकै थलोमा मन लागेको खानाको स्वाद चाख्न पाइरहेका छन्। विभिन्न खानाका परिकारहरु एकै थलोमा पाउँदा ग्राहकहरु आफ्नो रुचीअनुसारका परिकारको स्वाद लिएर रमाइरहेका छन्।

लोकल कुखुराका पारखीका लागि धनगढीको सिला रेष्टुरेन्टले विभिन्न आइटम उपलब्ध गराइरहेको छ। ‘लोकल कुखुराको मासु तारेर खाँदा पनि हुन्छ, साँधेर खाना पनि हुन्छ । लोकल कुखुराको सुप होस् वा झोल होस्, मन पर्ने परिकार आफ्नै इच्छा अनुसार बनाउन लगाएर खान पाइन्छ,’ सिला रेष्टुरेन्टी सञ्चालिक सिर्जना मगरले बताइन्। विरयानी खान्छु भन्नेलाई पनि नेपालगन्जबाट आएको विरयानी स्टल छ।

कुखुराभन्दा माछाका परिकार खान रुचाउनेका लागि ड्रिम होटल माछाका परिकार दिन तयार छ। तिलहरी माछा खाने की सुकेको माछा खाने वा सिद्रा खाने माछामा सबै तयारी ड्रिम होटलको स्टलमा उपलब्ध छन्। थारु जातिको महत्वपूर्ण परिकार मानिने घोँघी र ढिक्रीका पारखीहरुले महोत्सवमा धित मरुन्जेल स्वाद लिइरहेका छन्।

होटल व्वसायी संघ कैलालीको आयोजनामा मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवर्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना नाराका साथ धनगढी उपमहानगरपालिका वडा नं १ स्थित खुला मञ्चमा भइरहेको प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ मा कुखुरा र माछाका परिकार मात्रै होइन, मःमः पनि मन परेकै खान पाइन्छ ।

हस्पिटालिटी इन्टरप्रेनर लन्स अफ प्वाइन्टले टपरी मः मः बेचिरहेको छ । खाना महोत्सवमा सबैभन्दा बढी रुचाइएको र विक्री भएको पनि टपरी मःमः नै भएको स्टल सञ्चालक रोशन बमले बताए।

माछा मासुभन्दा अन्य परिकार खान मन लागेकाहरुले पनि खाना महोत्सव छोडेर अन्त कतै जानु पर्दैन । वेकरीका परिकारका पारखीले ग्यालेक्सी क्याफेको स्टलमा गएर वेकरीका आइटम छानी छानी खान पाइरहेका छन्।

केराका परिकार खान चाहनेलाई केराको वाइन र ब्रान्डी मात्रै होइन, केराबाट नै बनेको मःमः, पकौडा, टिकिया पुरी, चिप्स, अचार जे पनि खान र लान पाइन्छ। केराको परिकारको स्वाद चाख्न ग्राहकहरु लाइन लाग्ने गरेको भागीराम चौधरीले बताए।

महोत्सवका २५ वटा स्टलमा स्थानीय परिकार राखिएका छन् । प्रायः सबै समुदायका परिकार र प्रदेशका नौ वटै जिल्लाका मौलिक खानाका परिकारहरुको स्वाद लिनका लागि जिल्लागत र समुदायगत रुपमा पनि खाना महोत्सवमा स्टलहरु राखिएका छन् ।

सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई उनीहरुकै भेषभुषा, संस्कार र संस्कृति झल्किने गरी खुवाइरहेको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए।

बाजुराको कागुनुको खिर, अछामको फाउने माडा, कोदाको सेल, डोटीको गतानी डुब्का, डडेलधुराको निसासे रोटी, मासको फाडो जस्ता परिकारको स्वादले ग्राहक प्रफुल्ल छन्। दिनैपिच्छे फरक फरक परिकार पकाउने गरिएको छ।

फागुन २० गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन् भने विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिएका छन् । खाना महोत्सवमा प्रवेश निःशुल्क हुने आयोजकले जनाएको छ ।

प्रकाशित: Mar 01, 2020| 07:20 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।