महोत्तरी- महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ ।
अपरिचित व्यक्तिले ६१ वर्षीय सहदेवप्रसाद यादवमाथि गोली प्रहार गरेको हो । पिसाब फेर्न निस्केका बेला उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।
घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगी चाइनिज पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको जनाइएको छ ।