बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्ट्रेलियामा पनि लियो कोरोनाले ज्यान, स्थानीय त्रसित

अस्ट्रेलियामा पनि लियो कोरोनाले ज्यान, स्थानीय त्रसित

अमेरिकापछि अस्ट्रेलियामा पनि कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

काठमाडौं- अमेरिकापछि अस्ट्रेलियामा पनि कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा कोरोनाका कारण मान्छेको मृत्यु भएको यो पहिलो घटना हो । जापानमा रहेको क्वारेन्टाइनबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ ।

कोरोनाबाट ज्यान गुमाएका ती पुरुषको परिचय भने खुलइएको छैन । ती पुरुषलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल लगिएको थियो ।

पर्थमा रहेको सर चार्लेस गेर्डनर अस्पतालमा उपचार भइराखेको थियो । उनीसँगै उनकी पत्नीमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।
अष्ट्रेलियमा पनि कोरोनाको संक्रमण फैलिन सुरु गरेको छ । कोरोनका कारण मानिसको मृत्यु भएपछि अष्ट्रेलियमा त्रास फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अहिलेसम्म कोरोना ५७ देशमा फैलिएको छ भने करिब ३ हजारको मृत्यु भएको छ । कोरोनाबाट करिब ८० हजारभन्दा बढि संक्रमित भएको विश्व स्वास्थय संगठनले जनाएको छ ।

प्रकाशित: Mar 01, 2020| 06:21 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।