काठमाडौं- काठमाडौंको कलङ्कीमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ ।
शनिबार राति सडकमा हिँड्दै गर्दा करिब २० फिट तल खसेर एक पुरुषको मृत्यु भएको हो । अन्दाजी ६० वर्षीय पुरुषको पहिचान खुल्न नसकेको कालिमाटी वृतका डिएसपी रुकमबहादुर कुँवरले नेपाल समयलाई जानकारी दिए ।
सडकबाट तल खसेर घाइते भएका उनको उपचारका क्रममा सुन्धारामा रहेको ट्रमा सेण्टरमा मृत्यु भएको डिएसपी कुँबरले बताए ।