बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टाइनमा रहेका १९३ काे पुनः स्वास्थ्य परीक्षण, रिपोर्ट भोलि आउने

क्वारेन्टाइनमा रहेका १९३ काे पुनः स्वास्थ्य परीक्षण, रिपोर्ट भोलि आउने

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको पुनः स्वास्थ्य परीक्षण गरिएको छ ।
 |  आइतबार, फागुन १८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १८, २०७६

भक्तपुर- कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको पुनः स्वास्थ्य परीक्षण गरिएको छ ।

फागुन ४ गतेदेखि क्वारेन्टाइनमा राखिएका सबैको शनिबार नाक र घाँटीको स्वाब सङ्कलन गरि पशिक्षणका लागि पठाइएको छ ।

क्वारेन्टाइनमा राखिएको १४औँ दिनमा नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिनुभएका नेपाली सेनाका सहसेनानी डा नवीन फुँयालले जानकारी दिए ।

यसअघि यही ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिमपटक फेरि सबैको राष्ट्रिय प्रयोगशालाको टोलीले नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि लगेको उनले जानकारी दिए ।

सङ्कलन गरिने स्वाब नमूना परीक्षणको रिपोर्ट आउन करिब तीन दिन लाग्ने भएकाले परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भएको नदेखिएमा आगामी २१ गते उनीहरुलाई घर फर्काउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

वुहानबाट उद्धार गरिएका १७५ नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएको छ भने उनीहरुलाई ल्याउन गएका नेपाल वायुसेवा निगमको जहाजका चालकदलसहित १८ जनको टोलीलाई नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित: Mar 01, 2020| 02:27 आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।