आइतबार, चैत ८, २०८२

काठमाडौं महानगरपालिका साक्षर घोषणा

काठमाडौं महानगरपालिकालाई साक्षर महानगर घोषणा गरिएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– काठमाडौं महानगरपालिकालाई साक्षर महानगर घोषणा गरिएको छ। महानगर शिक्षा विभागले महानगरभित्रका कुल जनसंख्याकोे ९६.६ प्रतिशत साक्षर रहेको तथ्यांक सार्वजनिक गरेसँगै महानगरलाई साक्षर घोषणा गरिएको हो। 

सरकारले तोकेको साक्षरता मापदण्ड काठमाडौं महानगरले पूरा गरेको भन्दै राष्ट्रिय मापदण्ड अनुसार नै साक्षर महानगर घोषणा गरिएको महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए।भने, ‘बाग्मती प्रदेशका सबै नगरपालिका र महानगरहरु साक्षर घोषणा भए पनि काठमाडौं महानगरमात्र साक्षर घोषणा हुन बाँकी थियो। अब काठमाडौं पनि साक्षर भएको छ।’ 

अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ अनुसार ९५ प्रतिशतभन्दा बढी १५ देखि ६० वर्ष उमेर समूह साक्षर भएको अवस्थामा साक्षरता घोषणा गर्न सकिने व्यवस्था छ।


प्रकाशित: Sep 07, 2021| 13:07 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्