बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुद्दा प्रकरणमा मुख्यमन्त्री राईकाे स्पष्टाेक्ति, मलाई गिराेहले खेदे

मुद्दा प्रकरणमा मुख्यमन्त्री राईकाे स्पष्टाेक्ति, मलाई गिराेहले खेदे

 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

इटहरी– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूलाई विगत चार वर्षदेखि गिराहको आक्रमण परेको दाबी गरेका छन्।

उनलाई पति दाबी गर्दै मुद्दा दायर गर्ने बालिका खड्का प्रकरणमा मुख्यमन्त्री राईले यस्तो अभिव्यक्ति दिएका हुन्।

यसअगाडि यौन हिंसाको आरोप लाएकी खड्काका विषयमा सदनमा विपक्षीले आवाज उठाउँदा पनि राई मौन रहँदै आएका थिए।

इटहरीमा शनिबार आयोजित प्रेस संगठनको भेलामा मुख्यमन्त्री राईले खड्काको नाम नलिई चार वर्षदेखि खेदेको बताएका हुन्।

आफू संघीय सञ्चारमन्त्री बनेको तीन महिनापछि ६ वटा मोबाइलबाट धम्कीपूर्ण रुपमा सयौं म्यासेज आएको जानकारी उनले दिए।

आफूले सबै म्यासेज प्रिन्ट गरेर तत्कालीन नेकपा एमालेको पोलिटब्युरोमा पेस गरेको पनि उनले बताए।

मुख्यमन्त्री राईले आफूलाई मौसमअनुसार आक्रमण गर्न पार्टीमै आबद्ध गिरोह सक्रिय भएको बताए। उनले भने, ‘अबचाहिँ अदालतमा मुद्दा गएकाले दूधको दूध, पानीको पानी छुट्टिनेछ।’

प्रकाशित: Feb 29, 2020| 15:06 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।