बिहीबार, भदौ ४, २०८३

रौतहटमा छुरा प्रहार गरी छिमेकीको हत्या

रौतहटमा एक जनाले पेटमा छुरा प्रहार गरी छिमेकीको हत्या गरेका छन्।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

काठमाडौं– रौतहटमा एक जनाले पेटमा छुरा प्रहार गरी छिमेकीको हत्या गरेका छन्।

कटहरिया नगरपालिका–२, जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० वर्षीय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले छुरा प्रहार गर्ने आलमलाई नियन्त्रण लिएको जानकारी दिए। कार्कीका अनुसार दुई दिनअघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको र आलममाथि चोरीको आरोप लागेको थियो।

शुक्रबार राति आफ्नो घरबाट छुरा लिएर मुस्ताक अब्दुललाई खोज्दै जाँदा साविक हँथियाही गाविसका पूर्वअध्यक्ष सेराजुल देवानको घरअगाडि दुवैजनाको भेट भएको थियो।

मोटर चोरीमा आरोप लगाएको विषयमा दुवै जनाबीच भनाभन र कुटपिट भएको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 29, 2020| 11:45 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।