बिहीबार, भदौ ४, २०८३

मोरङमा ट्रक जुध्दा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

मोरङ– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लाबारी सडकखण्ड हरियाली सामुदायिक वननजिकै शनिबार बिहान भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००१–ख ८०९१ नम्बरको ट्रकले सोही दिशामै गइरहेको ना८ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिँदा ट्रक चालक चितवन, भरतपुर महानगरपालिका–११ का २८ वर्षीय अजय अधिकारी र ठक्कर दिने ट्रकका सहचालक भरतपुरकै ३० वर्षीय अंकित घर्तीमगरको मृत्यु भएको प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए। रोकेर राखेको ट्रकमा जीवित र मृत गरेर २८ वटा गोरु भेटिएका छन्। चारवटा मरेका छन्। 

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय, पथरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: Feb 29, 2020| 10:30 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।