बिहीबार, भदौ ४, २०८३

चिकित्सक अभावमा भेन्टिलेटर तथा आइसीयु सेवा बन्द

लालबन्दी नरगपालिका-१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसीयु सेवा प्रयोगविहीन भएको छ। ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ। सेवासमेत प्रभावित बन्न पुगेको छ।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

सर्लाही - लालबन्दी नरगपालिका-१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसीयु सेवा प्रयोगविहीन भएको छ। ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ। सेवासमेत प्रभावित बन्न पुगेको छ।

प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको रु ३० लाख रकममा २०७६ जेठमा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो। नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आइसीयु उपकरण स्वास्थ्य संस्थामा भएपनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए। उनले भने, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटकपटक ध्यानाकर्षण गरायौं। तर, कार्यान्वयन भएको छैन।”

सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न २०७० सालमा सो केन्द्र स्थापना भएको थियो। गर्मी तथा वर्षा याममा केन्द्रमा दैनिक १०/१२ सर्पदंशका बिरामी आउने गरेका जनाइएको छ। सर्लाहीको बरथवा र नवलपुरमा उपचार केन्द्र रहेको भए पनि नवलपुरमा बिरामीको चाप बढी छ।

हालसम्म उपचार केन्द्रले करिब चार हजार ५०० बिरामीको उपचार गरीसकेको जनाएको छ। केन्द्रले बिरामीको सेवालाई मध्यनजर गर्दै २०७५ साल मङ्सिरबाट एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ। केन्द्रमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको रु १२ लाखको आर्थिक सहयोगमा सोलार बत्ती तथा इन्भर्टर जडान गरी बिरामीलाई २४ सैँ घण्टा केन्द्रमा सेवा दिने तयारीसमेत गरिएको छ ।

प्रकाशित: Feb 29, 2020| 08:27 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।