बिहीबार, भदौ ४, २०८३

नेकपा विवाद 'विन-विन' तर्फ

शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले पछिल्लो समय नेकपामा राष्ट्रिय सभा सदस्य चयनलाई लिएर उत्पन्न विवादलाई मुख्य विषयवस्तु बनाएका छन्।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

काठमाडौं - शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले पछिल्लो समय नेकपामा राष्ट्रिय सभा सदस्य चयनलाई लिएर उत्पन्न विवादलाई मुख्य विषयवस्तु बनाएका छन्।

नयाँ पत्रिकाले नेकपा विवाद विन–विन तर्फ शिर्षकमा समाचार प्रकाशन गरेको छ भने अन्नपूर्ण पोष्टले 'ओली अडानमै' शिर्षकमा समाचार प्रकाशन गरेको छ। यस्तै नागरिकले 'सहमति जुटाउन नेपालको दौडधुप' शिर्षकमा समाचार प्रकाशन गरेको छ। कान्तिपुरले भने मुम्बईमा चार वर्ष अघि भएको गोदाम आगलागीमा कपिलवस्तुका ७ जनाले ज्यान गुमाएको समाचारलाई 'भगवान्ले त हेरेनन्, सरकारबाट के आस' शिर्षक राख्दै उनीहरुको परिवारको पीडालाई प्रस्तुत गरेको छ।

नेकपा विवाद 'विन-विन' तर्फ

नयाँ पत्रिका लेख्छ, नेकपाको विवाद ‘विन-विन’मा टुंगिने भएको छ। नेताहरू उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने र अर्थमन्त्री डा। युवराज खतिवडालाई पनि निरन्तरता दिने विकल्पमा सहमतिनजिक पुगेका छन्।

गत बुधबार नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष गौतमलाई लैजाने निर्णय गरेको थियो। तर, अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने योजनामा रहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टी निर्णय नमान्ने चुनौती दिएपछि विवाद उत्कर्षमा पुगेको थियो। वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेलले गौतम र डा खतिवडालाई व्यवस्थापन गर्ने गरी संकट टार्ने मध्यमार्गी उपाय सुझाएका हुन्। त्यसमा प्रधानमन्त्री ओली पनि सकारात्मक देखिएका छन्।

स्रोतका अनुसार नेताहरूले दुई विकल्पमा छलफल गरिरहेका छन्। पहिलो, गौतमलाई राष्ट्रिय सभामा लैजाने र खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने। संविधानतः सांसद नभएको व्यक्तिलाई पनि ६ महिनासम्म मन्त्री बनाउन सकिन्छ। प्रधानमन्त्री ओलीको रुचिअनुसार यही व्यवस्थामा टेकेर खतिवडालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरिनेछ। खतिवडाको कार्यकाल २४ फागुनमा सकिँदै छ। उनले २५ फागुन ०७४ मा राष्ट्रिय सभा सदस्यको शपथ लिएका थिए।

दोस्रो, गौतमसँगै खतिवडालाई पनि राष्ट्रिय सभा सदस्य बनाउन सकिने विषयमा पनि नेताहरूले छलफल गरेका छन्। राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी र विमला पौडेल राईमध्ये एकलाई राजीनामा गर्न लगाएर खतिवडाका लागि ठाउँ खाली गर्ने विषयमा पनि नेताहरूबीच छलफल भएको छ। तर, पहिलो विकल्पमै नेताहरू नजिक रहेको छलफलमा सहभागी एक नेताले बताए।

प्रकाशित: Feb 29, 2020| 06:59 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।