बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यक्षबीचको द्वन्द्वले कार्यकर्तामा चिन्ता : उपप्रधानमन्त्री पोखरेल

अध्यक्षबीचको द्वन्द्वले कार्यकर्तामा चिन्ता : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्षद्वयको बीचमा देखिएको अन्तरद्वन्द्वले कार्यकर्तामा चिन्ता सिर्जना गर्ने बताएका छन्।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

विराटनगर- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्षद्वयको बीचमा देखिएको अन्तरद्वन्द्वले कार्यकर्तामा चिन्ता सिर्जना गर्ने बताएका छन्।

उनले अध्यक्षबीचको द्वन्द्व र घटना क्रमले कार्यकर्तामा चिन्ता सिर्जना गर्न सक्ने भए पनि सरकारको मन्त्री र सचिवालय सदस्यको हैसियतमा कुनै पनि चिन्ता लिनु नपर्ने बताए।

विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा सचिवालय सदस्यसमेत रहेका पोखरेलले पार्टीभित्रको गुटबन्दीलाई आफूले सरकारभित्रको षड्यन्त्रपूर्ण खेलको रुपमा लिएको बताए।

उनले सरकारका बीचमा देखिने र नदेखिने त्यस्ता षड्यन्त्रपूर्ण खेललाई चल्न नदिने दाबी गरे। साथै उनले यही सरकार पाँच वर्षसम्म टिक्नेसमेत जिकिर गरे।

उनले पार्टी अध्यक्ष वा प्रधानमन्त्री फेर्नेबारे कहीँ कतै छलफल नै नभएको पनि बताए।

उपप्रधानमन्त्री पोखरेलले एक जना व्यक्तिको स्वार्थका लागि संविधान संशोधन नहुनेसमेत बताएका छन्।

उनले संविधान औचित्यका आधारमा संशोधन हुने बताए।

एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने कि नबनाउने, राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री हुने कि नहुने भन्ने विषयमा मात्र संविधान संशोधन नहुने बताए।

प्रकाशित: Feb 28, 2020| 20:15 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।