आइतबार, चैत १, २०८२

इरानमा कोरोनाबाट ३४ जनाको मृत्यु

इरानमा थप आठ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

तेहरान- इरानमा थप आठ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ।

National life

कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा यसको नराम्रो प्रभाव परेको देखिएको छ।

इरानको सरकारी तथ्याङ्कलाई आधार मान्दा सङ्क्रमितको सङ्ख्या भने ३८८ पुगेको छ। इरानी अधिकारीका अनुसार इरानमा विगत २४ घण्टामा १४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले बताएका छन्।

इरानमा पहिलो व्यक्तिमा सङ्क्रमणको पुष्टि दक्षिणी सहर कोममा फेब्रुअरी १९ मा भएको थियो। सङ्क्रमण पुष्टि भएको दिनदेखि अहिलेसम्ममा सबैभन्दा बढी सङ्क्रमण विगत २४ घण्टामा भएको हो।

उनले भने, ‘पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका व्यक्तिमध्ये ६४ जना राजधानी तेहरानका हुन् भने सङ्क्रमण देशको २४ प्रान्तमा फैलिएको छ।’

Laxmi sunrise bank
kumari

त्यस्तै इरानका सात उपराष्ट्रपतिमध्ये एक मासोमेह इब्तेकर, उप–स्वास्थ्यमन्त्री इराज हरिर्चीलगायत केही उच्च अधिकारीलाई पनि सङ्क्रमण पुष्टि भएको छ। (रासस/एएफपी)

प्रकाशित: Feb 28, 2020| 19:47 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।