बिहीबार, भदौ ४, २०८३

४३ प्रतिशत महिला पतिबाट पीडितः ओरेक

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकमा माघ महिनाभर ५६ वटा हिंसाको घटना पतिबाट घटेको देखिएको छ । एक महिनामा गरिएको अनुसन्धानअनुसार नेपालमा ४३ प्रतिशत महिला पतिबाट पीडित प्रभावित भएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकमा माघ महिनाभर ५६ वटा हिंसाको घटना पतिबाट घटेको देखिएको छ । एक महिनामा गरिएको अनुसन्धानअनुसार नेपालमा ४३ प्रतिशत महिला पतिबाट पीडित प्रभावित भएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए ।

उनले भने, “२५ हिंसाको घटना छिमेकीबाट, २१ परिवारका सदस्य, १५ अपरिचित मानिस, छ प्रेमी, चार साथी, दुई शिक्षक र एक अविवाहिताबाट भएका छन् । माघमा ओरेकले कूल १३० लैङ्गिक विभेदमा आधारित हिंसाका तथ्याङ्क सङ्कलन गरेको थियो । यसमा ८१ वटा घटना स्वयं कार्यालयमा दर्ता भएका र ४९ वटा घटना विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त तथ्याङ्कमा आधारित रहेका न्यौपानेले बताए।

यसैगरी माघमा ५५ जना महिला घरेलु हिंसाको सिकार, १८ बलात्कार, १६ यौन दुव्र्यवहार, १५ सामाजिक हिंसाको सिकार, १४ हत्या, तीन हत्याको प्रयास र दुई जनामा बलात्कारको प्रयास तथा मानव बेचबिखन भएको देखिन्छ । उमेर समूहमा वर्गीकरण गरेर हेर्दा १७ देखि २५ वर्ष उमेर समूहका ४५, २६ देखि ३५ वर्षका ३०, १६ वर्षमुनिका २०, ३६ देखि ४५ वर्षका १६ र ४६ वर्षभन्दा माथिका महिला १० जना हिंसाको सिकार भएका छन् ।

उमेरका आधारमा आरोपितको वर्गीकरण गरेर हेर्दा उमेर समूह थाहा नभएका ३७ जना, २६ देखि ३५ वर्षका ३४ जना, १७ देखि २५ उमेर समूहका २४ जना, ३६ देखि ४५ वर्षका २१ जना, ४६ देखि ५५ वर्षका ११ जना पुरुष र ५६ वर्षभन्दा माथिका तीनजना मानिस रहेका छन् ।
रासस

प्रकाशित: Feb 28, 2020| 18:22 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।