भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताएकी छन्।
मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेश गरेको बताइन्। नापी विभागको पनि प्राविधिक टोली उक्त कार्यमा क्रियाशिल रहेकाले काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन् ।
अव्यवस्थित बसोबासको समस्या समाधान र सुकुम्बासीको समस्या समाधानका लागि आयोग निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी गराइन्। कानून निर्माणपछि कार्यान्वयन गर्न कानूनको मातहतमा गएर नियमावली बनाउने र गठन आदेश निर्माण गरेर आयोग बनाउने काम अगाडि बढेको मन्त्री अर्यालले बताइन्।
रासस