बिहीबार, भदौ ४, २०८३

धनुषामा डीजे बाजा बजाउन नपाइने

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्की र डीजे व्यवसायीहरुबीच भएको छलफलमा डीजे बाजामाथि रोक लगाउने निर्णय भएको छ ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

जनकपुरधाम– धनुषामा डीजे बाजा बजाउन रोक लगाइएको छ । अत्यधिक आवाजले बजाइने डीजे बाजाका कारण ध्वनि प्रदूषणका साथै शान्ति सुरक्षा कायम गर्न खलल पुगेको भन्दै प्रहरीले यसमा रोक लगाएको हो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्की र डीजे व्यवसायीहरुबीच भएको छलफलमा डीजे बाजामाथि रोक लगाउने निर्णय भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाले समेत डीजे बाजामाथि रोक लगाउने निर्णय गरेको भए पनि निर्णय कार्यान्वयन हुन सकेको थिएन । जिल्ला प्रशासनले यसअघि गरेको निर्णय कार्यान्वयन गराउने सम्बन्धमा डीजे व्यवसायीहरुसँगको छलफलपश्चात् पुनः यस्तो निर्णय गरिएको डीएसपी कार्कीले बताए ।

शुक्रबार भएको छलफलमा कुनैपनि अवसरमा डीजेका साथै ठूलो आवाजमा ध्वनि निस्कने लाउड स्पिकर, दोहोरो अर्थ दिने गीत नबजाउनुका साथै कहिँकतै कुनै बहानामा अर्केष्ट्रा तथा नाचहरु समेत गर्न नपाइने निर्णय भएको कार्कीले जानकारी दिएका छन् ।

उनले निर्णयको उल्लंघन गरेको खण्डमा तत्काल प्रहरीले नियन्त्रणमा लिइ कानुनअनुसार कारबाही गर्न सर्वसम्मतिले निर्णय भएको बताए ।

वैवाहिक कार्यक्रम, उत्सव, मेलाजस्ता कार्यक्रमहरुको मौकामा तराइ–मधेशमा डीजे, लाउडस्पिकरको प्रयोग हुँदै आइरहेको छ । अत्यधिक आवाज आउने गरी बजाइने यस्ता उपकरणका कारण छरछिमेकलाई समस्या हुनुका साथै शान्ति सुरक्षा कायम गर्न समेत कठिनाइ हुने प्रहरीको भनाइ छ ।

प्रकाशित: Feb 28, 2020| 17:32 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।