बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोकुल बाँस्कोटालाई कारवाही गरः ट्रान्सपरेन्सी इन्टरनेशनल

गोकुल बाँस्कोटालाई कारवाही गरः ट्रान्सपरेन्सी इन्टरनेशनल

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि कारवाही गर्न माग गरेको छ
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि कारवाही गर्न माग गरेको छ। ट्रान्सपरेन्सीले शुक्रबार विज्ञप्ति जारी गरी भ्रष्टाचार उद्योग प्रकरणमा संलग्न बाँस्कोटा र मतियारहरुलाई यथाशिघ्र कारवाही गर्न माग गरेको हो।

‘नेपाल सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति अपनाउने घोषणा गरेपश्चात् नेपाली जनतामा केही आशाको संचार भएको थियो। तर लामो समय बित्न नपाउँदै कहिले मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा त कहिले सरकार सरकारका बीचमा हुने खरिद सम्झौताका नाममा एकपछि अर्को हुँदै पटक पटक अनियमितता र भ्रष्टाचारका प्रकरणले बर्तमान सरकारको भनाई र गराईमा सामन्जस्यता नदेखिएको अनुभूति हुन थालेको छ,’ विज्ञप्तिमा भनिएको छ,

‘हालैमात्र सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालिन बहालवाला मन्त्री र दलालका बीचमा सत्तरी करोडभन्दा बढी रुपैयाँ कमिशनको नाममा भ्रष्टाचार गर्ने बदनियतबाट बार्गेनिङ भइरहेको श्रव्य सामग्री प्रचारमा आएपछि सुशासन र समृद्धिको नारा दिइरहेको वर्तमान सरकारको विश्वसनीयता माथिसमेत ठूलो प्रश्न चिन्ह खडा भएको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रधानमन्त्रीज्यूको अति विश्वास प्राप्त मन्त्रीबाटै नेपाली जनताको खुन पसिनाको कमाइबाट संकलित राजस्वको ठूलो रकम दलालसँगको मिलिभगतमा भ्रष्टाचार गर्न लागिएको दुष्प्रयासलाई गम्भीर अपराधको रुपमा लिइनुपर्दछ।’

बाँस्कोटालाई कारवाहीको माग गर्दै विज्ञप्तिमा भनिएको छ,‘ अतः यस भ्रष्टाचार उद्योग प्रकरणमा संलग्न तत्कालिन मन्त्रीसहित अन्य मतियारहरुलाई कुनै पनि शक्ति केन्द्रको दवाव र प्रभावमा नपरी निष्पक्ष तथा निर्भिकता पूर्वक यथाशिघ्र कारवाही प्रकृया अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धीत निकायहरुको गम्भीर ध्यानकर्षण गराउँछौं।’

प्रकाशित: Feb 28, 2020| 16:04 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।