बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँस्कोटाले मिश्रलाई हालेको मानहानिको उजुरीमा के छ ? (पूर्ण पाठसहित)

बाँस्कोटाले मिश्रलाई हालेको मानहानिको उजुरीमा के छ ? (पूर्ण पाठसहित)

सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

काठमाडौं– पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अदालतमा मानहानिको मुद्दा हालेका छन्। आफूविरुद्ध झुटो लाञ्छना लगाइएको र गाली बेइज्जती भएको भन्दै उनले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका हुन्।

‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु,’ बाँस्कोटाले ट्विट गरेका छन्।

सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए।

प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब–किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध बाँस्कोटाले उजुरी दिएको बताइएको छ। मिश्रले आफूलाई झुटो आरोप लगाएको बाँस्कोटाको भनाइ छ।

यस्ताे छ फिरादपत्र

प्रकाशित: Feb 28, 2020| 15:57 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।