बिहीबार, भदौ ४, २०८३

‘छोरा सैनिक भएपछि दबाई किन्न पैसा लाग्दाे रहेनछ'

इटहरीमा शुक्रबार सैनिक अस्पताल उद्घाटन भयो। उद्घाटन समारोह चल्दै गर्दा भरतप्रसाद निरौला जँचाउन लाम लागिहाले।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

इटहरी - इटहरीमा शुक्रबार सैनिक अस्पताल उद्घाटन भयो। उद्घाटन समारोह चल्दै गर्दा भरतप्रसाद निरौला जँचाउन लाम लागिहाले।

सुगरको समस्याले ग्रसित हलगाढा घर भएका निरौलाले २० रुपैयाँको टिकट काटे। डाक्टरको सल्लाह र दबाई लिए। टिकट भएपछि दबाईमा पैसा नलागेको बताउँदै निरौला खुसी देखिए।

उनले भने, ‘छोरा सेनामा जागिरे भएपछि दबाई किन्न पैसा लाग्दो रहेनछ।’

नेपाली सेनामा कार्यरत उनका छोरा सरोज हाल मुस्ताङको जोमसोममा कार्यरत छन्। बाबुको उपचारमा सघाउन पाएका छैनन्। तर, निरौला दुःखी देखिएनन्। उनले भने, ‘उता छोरा भएकैले यता निःशुल्क दबाई पाएपछि म खुसी छु ।’

निरौलाजस्तै सन्तुष्ट थिए मोरङको सुन्दर हरैचाबाट घुँडाको उपचार गर्न आएका रिपुलाल पौडेल। ७६ वर्षका पौडेलका छोरा कृष्ण पौडेल पनि सैनिक हुन् ।

छोरा सैनिक भएकाले अस्पतालमा सहज उपचार पाएकोमा पौडेलले खुसी व्यक्त गरे। उनले भने, ‘अन्तभन्दा धेरै सस्तो उपचार हुने भएकाले यहाँ आएको हुँ।’

सैनिकका बाबु मात्रै हैन २४ वर्षअगाडि नेपाली सेनाबाट अवकाश पाएका मोहन खड्का पनि शुक्रबार सैनिक अस्पतालमा थिए । नायक पदबाट अवकाश पाएका खड्का आफू र पत्नीको उपचारमा आएका थिए। सुनसरीको झुम्का बजारका खड्का दम्पतीले सैनिक अस्पताल बनेर सहज भएको बताए।

‘पहिले पहिले उपचार गर्न काठमाडाैँ पुग्नुपथ्र्यो । अब इटहरीमै अस्पताल बनेर सजिलो भएको छ’, खड्काले भने, ‘सानातिना समस्या हुँदा काठमाडाैँमा उपचार खर्च कम भए पनि बसाइ खर्च धेरै हुन्थ्यो । अब त्यो नहुने भयो ।’

नागरिकलाई पनि उपचार गर्न माग

इटहरीमा शुक्रबारबाट ३० हजार वर्ग मिटरको क्षेत्रफलमा ५० शय्याको सैनिक अस्पताल बनेको छ।

सैनिक कल्याणकारी कोषको १६ करोड लागतमा बनेको अस्पतालमा नेपाली सेना तथा उनीहरूका आबाबाबु, पतिपत्नी र छोराछोरीलाई सुविधा हुनेछ।

सैनिक तथा सैनिकका आश्रित परिवारलाई सेवा दिन खोलिएको अस्पतालको सेवा सर्वसाधारणलाई पनि दिन उममेयर लक्ष्मी गौतलले माग गरेकी छन्। उनले भनिन्, ‘यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापा सकारात्मक हुनुभएको छ।

 

प्रकाशित: Feb 28, 2020| 15:26 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।