बिहीबार, भदौ ४, २०८३

दुई लाख ४० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छापियो

ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

काठमाडौं - ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ। झण्डै आठ लाख छाप्नुपर्नेमध्ये अहिलेसम्म उल्लेखित संख्यामा चालक अनुमतिपत्र छापिइसकिएको यातायात व्यवस्था विभागले जनाएको छ।

झण्डै पाँच लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी छ। विभागले तीन चरणमा उपकरण सञ्चालन गरेर बाँकी अनुमतिपत्र छापिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए।

आगामी असारसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने विभागको लक्ष्य छ। महिनामा एक लाख ५० हजारभन्दा बढी अनुमतिपत्र छपाइ भइरहेको छ। यही गतिमा काम अघि बढ्दा आगामी असारसम्ममा सकिने हमालले बताए।

प्रकाशित: Feb 28, 2020| 13:55 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।