आइतबार, चैत १, २०८२

श्रीलंकाद्वारा एमसीसीमा हस्ताक्षर गर्न अस्वीकार

श्रीलंकाले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

काठमाडौं : श्रीलंकाले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।

National life

सन् २०१६ डिसेम्बर १३ मा एमसीसी बोर्डले श्रीलंका एमसीसी परियोजनाका लागि योग्य भएको निष्कर्ष निकालेको थियो। सोही अनुसार श्रीलंकासँग छलफल अगाडि बढेको थियो।

तर एमसीसीबारे श्रीलंकामा विवाद भएपछि सरकारले एमसीसी अध्ययनका लागि चार सदस्यीय कार्यदल बनाएको थियो। उक्त कार्यदलको प्रतिवेदनका आधारमा श्रीलंकाको मन्त्रिपरिषद्ले एमसीसी सम्झौतामा संशोधन नगरिकन हस्ताक्षर नगर्ने निर्णय गरेको छ।

श्रीलंका सरकारका प्रवक्ता बनदुआल गुनवर्दनेले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै एमसीसी प्रस्तावमा हस्ताक्षर नगर्ने बताएको श्रीलंकाका सञ्चारमाध्यमहरुले उल्लेख गरेकाछन्। तर उनले एमसीसी प्रस्तावमा संशोधनका लागि छलफल गर्न सरकार तयार रहेको जानकारी दिए।

सन् २०१९ अप्रिल २५ मा एमसीसीले सम्पूर्ण प्रक्रिया पुरा गरी पाँच वर्षका लागि श्रीलंकासँग सम्झौता गर्ने जनाएको थियो।

Laxmi sunrise bank
kumari

एमसीसीका विषयमा नेपालमा पनि विवाद छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पारित हुने बताउँदै आएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल एमसीसी संशोधन गरेर मात्र पारित गरिने बताइरहेका छन्।

प्रतिपक्षी नेपाली कांग्रेस भने एमसीसी पारित गर्नु पर्ने पक्षमा छ।

प्रकाशित: Feb 28, 2020| 13:02 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।