सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एकदिवसीयमा तीन खेलाडीको डेब्यु, विक्रमले डेब्युको पहिलो बलमै गिराए विकेट

एकदिवसीयमा तीन खेलाडीको डेब्यु, विक्रमले डेब्युको पहिलो बलमै गिराए विकेट

एकदिवसीय क्रिकेटमा नेपालका तीन खेलाडीले डेब्यु गरेका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– एकदिवसीय क्रिकेटमा नेपालका तीन खेलाडीले डेब्यु गरेका छन्।

National life

ओमनको अल अमरेत मैदानमा भर्खरै सुरु भएको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरे। सिनियर टिममा गएको वैशाखमा टी २० डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेख आजको खेलमा पनि मैदान उत्रिएका छन्। 

यता टस हारेर फिल्डिङको अवसर पाएको नेपालका विक्रम शोबले पहिलो बलमै विकेट लिए। यता सन्दीप लामिछानेले पनि पहिलो ओभरमै विकेट लिएका छन्। उनले चाल्र्स अमिनीलाई पेवेलियन पठाए।

अहिलेसम्म पाँच ओभर बलिङ गरेका विक्रमले टोनी उरा र अस्सद वालालाई पेवेलियन पठाएका हुन्। अहिले पहिलो १२ ओभर सकिएको छ। पपुवा न्युगिनीका ओपनर लेगा साकाले ३० रन बनाएका छन्। आजको खेलमा कुशल भुर्तेल, आसिफ शेख र बिक्रम शोबले डेब्यु गरेका हुन्।


प्रकाशित: Sep 07, 2021| 12:16 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।