बिहीबार, भदौ ४, २०८३

वामदेवजीलाई राष्ट्रियसभामा लगेरै छाड्छौंः प्रचण्ड

शुक्रबार बिहान गृहजिल्ला चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पार्टीबाट भएको निर्णय मान्नैपर्ने बताएका हुन्।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

चितवन– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले पार्टीको निर्णय मान्नैपर्ने बताएका छन्।

शुक्रबार बिहान गृहजिल्ला चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पार्टीबाट भएको निर्णय मान्नैपर्ने बताएका हुन्।

‘वामदेवजीलाई राष्ट्रियसभामा पठाउने निर्णय भएकै हो,’ प्रचण्डले भने, ‘अहिले प्रधानमन्त्रीज्यूले पछि हट्नुभएन। उहाँले पार्टीको निर्णय मान्नैपर्छ।’

पार्टीभित्र विवाद नरहेको दाबी गर्दै प्रचण्डले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाइछाड्ने दृढता व्यक्त गरे।

आफूविरुद्ध पार्टीमा षड्यन्त्र भएको भन्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने र युवराज खतिवडालाई नै राष्ट्रिय सभामा पठाउने बताउँदै आएका छन्। जसकारण नेकपाभित्र विवाद चर्किएको छ।

प्रकाशित: Feb 28, 2020| 12:19 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।