बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्घटनामा गम्भीर घाइते भएका माले महासचिव मैनाली खतरामुक्त

दुर्घटनामा गम्भीर घाइते भएका माले महासचिव मैनाली खतरामुक्त

दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनाली खतरामुक्त भएका छन् ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

काठमाडौं- दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनाली खतरामुक्त भएका छन् ।

‘थाई बोन’को अप्रेसन सफल भएसँगै उनको अवस्था क्रमिक रुपमा सुधार भएको काठमाडौंस्थित ग्राण्डी अस्पतालले जनाएको छ ।

हिजो (बिहीबार) झापाबाट काठमाडौं फर्किने क्रममा महोत्तरीको बर्दिबासमा कार दुर्घटना हुँदा मैनालीसहित पाँच जना घाइते भएका थिए । दुर्घटनामा मैनालीसहित छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका थिए।

घाइते मैनालीलाई भने बिहीबार नै सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो। मैनाली सवार बा ७ च २१३० नम्बरको कारलाई ना४च ७६६८ नम्बरको पिकअपले महोत्तरीको बर्दिबास नगरपालिका कालोपानीमा ठक्कर दिएको थियो।

यसैबिच, नेकपा मालेले मैनाली सवार गाडीलाई नियोजित रुपमा गाडीले ठक्कर दिएको दाबी गरेको छ । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै मालेले मैनालीको गाडीलाई ठक्कर दिनेलाई कडा कारबाही गर्न माग गरेको छ।

प्रकाशित: Feb 28, 2020| 11:58 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।