काठमाडौं– धनुषा धनौजी गाउँपालिका–२ का वडासचिव सुशील ठाकुर २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
जन्म प्रमाणित सिफारिस गरिदिएबापत घुस लिँदै गरेका ठाकुरलाई अख्तियार टाेलीले बीस हजार रकमसहित कार्यकक्षबाटै बिहीबार नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले ठाकुरलाई पक्राउ गरिएको प्रवक्ता प्रदीप कोइरालाले बताए।