बिहीबार, भदौ ४, २०८३

सुनको मूल्य पाँच सय घट्यो

सातायता उतारचढाव देखिएको सुनको मूल्य आज (शुक्रबार) पाँच सय रूपैयाँ घटेको छ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

काठमाडौं– सातायता उतारचढाव देखिएको सुनको मूल्य आज (शुक्रबार) पाँच सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ७९ हजार दुई सय रूपैयाँमा कारोवार भइरहेको छ। बिहीबार यसको मूल्य ७९ हजार सात सय रूपैयाँ कायम थियो।

गत शुक्रबार (फागुन ८) प्रतितोला ७७ हजार ६ सय रूपैयाँमा कारोबार भएयता लगातार बढेको छापावाल सुनको मूल्य तीन दिनपछि (फागुन १२) सर्वाधिक ८० हजार तीन सय रूपैयाँ कायम भएको थियो। 

त्यसयता घटेको सुनको मूल्य गत बुधबार ७९ हजार पाँच सय रूपैयाँ कायम भएकोमा गत बिहीबार दुई सय बढेर ७९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

तेजावी सुन प्रतितोला ७८ हजार ९ सयमा किनबेच भइरहेको महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार यसको मूल्य ७९ हजार चार सय रूपैयाँ कायम थियो।

प्रकाशित: Feb 28, 2020| 11:37 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।