बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इरानकी उपराष्ट्रपतिलाई नै कोरोना संक्रमण, २६ को मृत्यु

इरानकी उपराष्ट्रपतिलाई नै कोरोना संक्रमण, २६ को मृत्यु

कोरोना भाइसरबाट आतंकित बनेको इरानमा उपराष्ट्रपतिलाई संक्रमण देखिएको छ । उपराष्ट्रपति मासुमेह एब्तेकारलाई कोरोना भाइरस देखिएको पुष्टि भएको हो ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

एजेन्सी- इरानका स्वास्थ्य मन्त्रालयको प्रवक्ता किनोश जहाँपोरले उपराष्ट्रपति एब्तेकारलाई कोरोनाको संक्रमण भएको जनाएका छन् ।

उपराष्ट्रपति एब्तेकारलाई संक्रमण भेटिएसँगै पश्चिम एसियाका देशहरुमा कोरोनाबाट संक्रमितको संख्या २ सय ४५ पुगेको जनाइएको छ ।

हालसम्म इरानमा मात्रै कोरोनाको कारण मृत्यु हुनेको संख्या २६ पुगेको पुष्टि भएको छ । यसअघि इरानकै उपस्वास्थ्यमन्त्रीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

एब्लेकारको अवस्था सामान्य भएकाले उनी अस्पतालमा भर्ना नभएको स्थानिय सञ्चारलाई उदृत गर्दै स्काइन्युजले लेखेको छ ।

प्रकाशित: Feb 28, 2020| 10:16 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।