बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीबाहेकका नेताहरु गोप्य छलफलमा, के पाक्दैछ प्रचण्ड निवासमा ?

ओलीबाहेकका नेताहरु गोप्य छलफलमा, के पाक्दैछ प्रचण्ड निवासमा ?

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस नगर्ने प्रधानमन्त्रीे केपीशर्मा ओलीको चेतावनीपछि ओलीबाहेकका शीर्ष नेताहरु गोप्य छलफलमा जुटेका छन् ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

काठमाडौं- वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस नगर्ने प्रधानमन्त्रीे केपीशर्मा ओलीको चेतावनीपछि ओलीबाहेकका शीर्ष नेताहरु गोप्य छलफलमा जुटेका छन् ।

प्रचण्ड निवास खुमलटारमा अहिले प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु छलफलमा रहेको खुमलटार स्रोतले जनाएको छ ।

सुरुमा प्रचण्ड निवासमा झलनाथ खनाल पुगेका थिए। त्यसपछि माधव नेपाल पुगेका छन्। करिब एक घन्टादेखि चलेको छलफलमा पार्टीमा पछिल्लो समय बढेको विवादको विषयमा छलफल भइराखेको छ ।

ओलीले वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस नगरे के गर्ने भन्ने रणनीति बनाउन ओलीबाहेकका नेताहरु खुमलटारमा भेला भएको स्रोतको दावी छ ।

उनीहरु सचिवालय बैठकले गरेको निर्णय बमोजिम वामदेवलाई राष्ट्रियसभामा सिफारिस नगरे ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छन् ।

अध्यक्ष प्रचण्ड, नेता नेपाल र खनाल वामदेव गौतमलाई जसरी हुन्छ राष्ट्रियसभा सदस्य बनाउनु पर्ने अडानमा छन् ।

तर, प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली भने वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउन चाहिराखेका छैनन् । उनी अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभाको मनोनित सदस्यमा निरन्तरता दिन चाहिराखेका छन् ।

बुधबार बसेको सचिवालय बैठकले भने वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्न प्रधानमन्त्रीलाई निर्देशन दिने निर्णय गरेको थियो । तर, प्रधानमन्त्रीले भने निर्णय भएको एक घण्टापछि वामदेवलाई राष्ट्रियसभामा लान नसक्ने प्रतिक्रिया दिएका थिए ।

प्रकाशित: Feb 28, 2020| 09:54 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।