आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ५१ देशमा कोरोना संक्रमण, मर्नेको संख्या दुई हजार आठ सय नाघ्यो

५१ देशमा कोरोना संक्रमण, मर्नेको संख्या दुई हजार आठ सय नाघ्यो

गत डिसेम्बरमा चीनको हुबेई प्रान्तमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण ५१ देशमा फैलिसकेको छ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

बेइजिङ– गत डिसेम्बरमा चीनको हुबेई प्रान्तमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण ५१ देशमा फैलिसकेको छ।

National life

अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार सात देशमा कोरोना संक्रमण भेटिएसँगै यसबाट प्रभावित देशको संख्या ५१ पुगेको हो।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने दुई हजार आठ सय नाघेको छ। सीएनएनका अनुसार चीनमा यस भाइरसको संक्रमणबाट दुई हजार सात सय ४४ र अन्य देशमा ६४ गरी कूल मर्नेको संख्या दुई हजार आठ सय आठ पुगेको छ।

सीएनएनका अनुसार शुक्रबार बिहान ३ बजेसम्म कोरोनाबाट संक्रमितको संख्या ८२ हजारभन्दा बढी पुगेको छ, जसमध्ये चीनमा ७८ हजार चार सय ९७ छन्।

चीनबाहिर सबैभन्दा बढी दक्षिण कोरियामा संक्रमित छन्। सीएनएनका अनुसार दक्षिण कोरियामा शुक्रबार बिहानसम्म संक्रमितको संख्या दुई हजार २२ पुगेको छ।

Laxmi sunrise bank
kumari

यसैबीच, कोरोना संक्रमण विश्वव्यापीरूपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोमले चीन नभएर बाँकी विश्व ‘सबैभन्दा ठूलो चिन्ता’को विषय भएको बताएका छन्।

प्रकाशित: Feb 28, 2020| 08:23 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।