बिहीबार, भदौ ४, २०८३

विवाह गर्न नमान्दा एसिड प्रहार गर्नेलाई आठ वर्ष कैद

जिल्ला अदालत, मकवानपुरले हेटौंडाकी एक युवतीमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिकलाई आठ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।
 |  शुक्रबार, फागुन १६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १६, २०७६

मकवानपुर– जिल्ला अदालत, मकवानपुरले हेटौंडाकी एक युवतीमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिकलाई आठ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबारे हेटौंडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई उक्त फैसला सुनाएको हो।

अदालतले पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख ८५ रूपैयाँसमेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन आदेशसमेत दिएको छ।

अदालतले कंशाकारमाथि तेजाब प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौंडाका सञ्जय मण्डललाई साढे दुई वर्ष कैद सजायसहित ४० हजार रूपैयाँ जरिवाना गर्ने निर्णयसमेत गरेको छ।

विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा तेजाब प्रहार गरेका थिए।

तेजाब प्रहारपछि मण्डलको मोटरसाइकल चढेर भागेका केशरी ६ वर्षपछि भारतबाटै पक्राउ परेका थिए। तेजाब आक्रमणपछि कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेकी छन्।

प्रकाशित: Feb 28, 2020| 07:33 शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।