आइतबार, चैत १, २०८२

भविष्यमा होला त भारत-अमेरिका डिल?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणले भारतको मात्र होइन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्यो।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणले भारतको मात्र होइन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्यो।

National life

विश्व समुदायले ट्रम्पको भारत यात्राका क्रममा निकै ठूला व्यापार सम्झौताहरु हुने अपेक्षा गरेको थियो। तर उनको भ्रमण सकिएलगत्तै ती अपेक्षा निराशामा बदलिन थालेका छन्।

अमेरिका भारतीय निर्यात व्यापारको सबैभन्दा ठूलो बजार भएका कारण पनि यो मुलुक भारतका लागि अत्यधिक महत्वपूर्ण भएको हो।

बुट्टा भरिएको हिरा र हिराका सामान, औषधिका कच्चा पदार्थ, झिंगे माछा तथा गरगहना लगायतका सामानहरु भारतले अमेरिका निर्यात गर्ने प्रमुख उत्पादन हुन् भने भारतले अमेरिकाबाट पेट्रोलियम पदार्थ, बदाम लगायतका दैनिक उपभोग्य वस्तु निर्यात गर्दछ।

उच्चस्तरीय औद्योगिक उत्पादनका साथै प्राविधिक उपकरणका अतिरिक्त कृषिजन्य खाद्य उत्पादनहरुको विश्वभर निर्यात गर्ने मुलुकमध्ये अमेरिका अग्रणी स्थानमा छ।

Laxmi sunrise bank
kumari

विश्व बजारमा भटमासबाट बनेका खाद्य पदार्थको निर्यातमा अमेरिकाको ८२ प्रतिशत हिस्सा छ। यस्तै अन्य कृषि उत्पादनहरुमा बोक्रा हटाइएको बदाम (६१ प्रतिशत), सिंगो बदाम (६१ प्रतिशत), पिस्ता (५६ प्रतिशत) आदिको पनि अमेरिका प्रमुख निर्यातकर्ता हो।

के छ त भारत–अमेरिकाको व्यापारिक साझेदारी?

विश्व बजारमा आफ्ना उत्पादनहरुको मूल्यलाई कायम राख्दै बजारको थप विस्तार गर्नु पनि ट्रम्पको भारत यात्राले रणनीतिक अर्थ राखेको छ। 

भारतको आयातमा अमेरिकी उत्पादनहरुमा बोक्रा हटाइएको बदाममा ८४ प्रतिशत, कपास मा ५७ प्रतिशत, स्याउमा ५४ प्रतिशतको प्रमुख हिस्सा रहेको छ।

कृषि प्रधान देश भारतको जनसंख्याको ५५ देखि ६० प्रतिशत जनता कृषि कर्ममा जोडिएका हुनाले कृषि उत्पादनको आयात गर्नु भारतीय कृषकका लागि घातक साबित हुन जान्छ।

भारतलाई ट्रम्पको आरोप

भ्रमण भ्रमण गर्नुअघिसम्म ट्रम्पले भारतमाथि निर्यात कर लगाउने मुलुकमा ‘टारिफ किङ्ग’ को आरोप लगाउँदै आएका थिए।

आफ्नो मुलुककै हितका लागि भनेर हुनसक्छ मोदीले यो भ्रमणमा अमेरिकासँग कुनै व्यापार सम्झौता भने गरेका छैनन्। हालै भारत–अमेरिका स्वतन्त्र व्यापार क्षेत्र निर्माण गर्नुपर्ने कुरा पनि चर्चामा थियो तर यस भ्रमणमा त्यसबारे केही चर्चा भएन।

भारतले अमेरिकासँग कुनै व्यापार सम्झौता गर्नुअघि आफ्नो कृषि, लघु तथा  मझौला उद्योग (एमएसएमई) क्षेत्रको  हितमा संवेदनशीलता देखाउनु पर्ने अन्तर्राष्ट्रिय व्यापार विज्ञहरुले बताएका छन्।

ट्रम्पको भारत भ्रमणका क्रममा भारत–अमेरिकाबीच व्यापार सम्झौता, रक्षा, उड्डयन तथा विज्ञान तथा प्रविधिसँग जोडिएका सम्झौताहरु मात्र भएको देखिएको छ।

तथापि राष्ट्रपति ट्रम्पले यो भ्रमणले दुबै मुलुकबीच सम्बन्ध थप प्रगाढ बनेको र यसले भविष्यमा दुबै मुलुकबीच हुने कुनै पनि व्यापार सम्झौतालाई सुदृढ बनाउन मद्दत मिल्ने बताएका छन्।

प्रकाशित: Feb 27, 2020| 20:32 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।