काठमाडौं- नेपाल प्रहरीका तीन डिआईजी एआईजीमा सिफारिस भएका छन्। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले रिक्त तीन प्रहरी एआईजीको लागि डीआईजीहरु तारिणी लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरेको हो।
डीआईजीको बरियतामा पहिलो, दोश्रो र तेस्रो नम्बरमा रहेका उनीहरुलाई सोही बरियता अनुसार एआईजी बढुवाको लागि सिफारिस गरिएको छ।
बढुवा सिफारिस समितिको निर्णयपछि मन्त्रिपरिषदले प्रक्रिया पूरा गरेर उनीहरुलाई एआईजीमा नियुक्त गर्नेछ।