बिहीबार, भदौ ४, २०८३

कञ्चनपुरमा एक दम्पत्तिको विभत्स हत्या

कञ्चनपुरमा एक दम्पत्तिको हत्या भएको छ। शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरी एक दम्पत्तिको हत्या भएको खुलेको छ। प्रहरीका अनुसार ५० वर्षीय जयलाल भण्डारी र उनकी पत्नी २० वर्षीय धनादेवीको शव घर भित्र भेटिएको छ।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

धनगढी - कञ्चनपुरमा एक दम्पत्तिको हत्या भएको छ। शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरी एक दम्पत्तिको हत्या भएको खुलेको छ। प्रहरीका अनुसार ५० वर्षीय जयलाल भण्डारी र उनकी पत्नी २० वर्षीय धनादेवीको शव घर भित्र भेटिएको छ।

कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले धारिलो हतियार प्रयोग गरेर दम्पत्तिको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। जयलालको शव कोठामा र धनादेवीको शव भान्सामा फेला परेको उनले जानकारी दिए।

जयलालको घाँटीमा र धनादेवीको टाउको र हातमा चोट देखिएको प्रहरीले जनाएको छ। भण्डारी दम्पत्तिको साथमा सात महिनाको बच्चा मात्र रहेको र घरमा अरु कोही नभएको अवस्थामा रातिको समयमा घटना भएको प्रहरीले जनाएको छ।

घटनाबारे दिउँसो करिब २ बजे मात्र जानकारी पाएको प्रहरीले जनाएको छ। धनादेवी भण्डारीकी दोस्रो श्रीमती हुन्। पहिलो पत्निबाटको छोराछोरी घर बाहिर रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। भण्डारी दम्पत्तिको शव पोष्टमार्टमका लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 27, 2020| 18:40 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।